२०८३ साउन ९ शनिबार

सरकारी सैन्य कारबाहीमा बत्तिस अफगानी विद्रोहीको मृत्यु

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
4.3K
Shares
सरकारी सैन्य कारबाहीमा बत्तिस अफगानी विद्रोहीको मृत्यु

२ जेठ, अफगानिस्तान । अफगानिस्तानको सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको यहाँका प्रहरी प्रमुख एकरामुद्दिन सारिहले मङ्गलबार बताउनुभयो ।

बिहान सबेरैदेखि विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको सारिहले बताउनुभयो । झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे सोधिएको प्रश्नमा झडपका क्रममा सातजना सुरक्षाकर्मीले शाहदत प्राप्त गरेको बताइएको भए पनि घाइतेको सङ्ख्याबारे सेनाले केही खुलाएको छैन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij