२०८३ साउन ९ शनिबार

सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

ई आर्थिक    सोमबार, जेष्ठ १ २०७४
4K
Shares
सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

१ जेठ, काठमाडौँ । नेकपा (एमाले) ले हिजो सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ ।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीबाट भएका हिंसा तथा बुथ कब्जाको प्रयास भएको एमालेको आरोप छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरीत भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने एमालेको ठहर छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij