२०८३ साउन ९ शनिबार

खोलाले बगाएर आमाछोरीको मृत्यु

ई आर्थिक    बिहिबार, बैशाख २८ २०७४
2.6K
Shares
खोलाले बगाएर आमाछोरीको मृत्यु

२८ वैशाख, बैतडी । खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो ।

बुधबार साँझ ४:३० बजे घरनजिकै रहेको पुरौडा खोलामा नुहाइरहेका बेला एक्कासि वर्षासँगै आएको बाढीले आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij