२०८३ साउन ९ शनिबार

निर्वाचन नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
2.4K
Shares
निर्वाचन नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

२७ वैशाख, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ ।

करिब दुई दशक पछाडि यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौँ छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरु समयको तुलनामा दैनिक पाँचदेखि सात हजार मानिस बाहिरिएका छन् । उहाँले भन्नुभयो, “अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिरीएका छन् ।”

दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । महाशाखाले थानकोट, शिवपुरी, जगाती, दक्षिणकाली नाकाबाट बढी मात्रामा यात्रु बाहिरिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij