२०८३ साउन ९ शनिबार

अङकुसे लगाई विद्युत् चोरी गर्ने १९ जना पक्राउ, ९५ हजार जरिवाना असुल

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
4.5K
Shares
अङकुसे लगाई विद्युत् चोरी गर्ने १९ जना पक्राउ, ९५ हजार जरिवाना असुल

२७ वैशाख, लहान । अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ ।

टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । लहान इलाकामा करिब ४०.४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij