२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा गन्यापधुरा डडेलधुरामा

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
2.2K
Shares
ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा गन्यापधुरा डडेलधुरामा

२६ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा गन्यापधुरा डडेलधुरामा शुरु भएको छ । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले गत सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गर्नुभयो ।

सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij