२१ वैशाख, काठमाडौं । रिलायन्स फाइनान्सले गोरखाको आरुघाटमा शाखा सञ्चालन गरेको छ ।
कम्पनीका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले उक्त शाखाको उद्घाटन गर्नुभयो । ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
एक अर्ब अधिकृत तथा ५१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाले हाल सात शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ ।