चन्द्र रिजाल ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का १७ औ अध्यक्ष हुनुहुन्छ । धादिङ जिल्लामा जन्मिएका रिजाल विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ । सामाजिक, आर्थिक र राजिनिक क्षेत्रमा आबद्द रही पछील्लो १८ महिना देखि टानको नेतृत्व गरिरहनु भएको छ । हाल टानमा उनन्तिस सय ब्यवसायीहरु आबद्द रहेको टानको नेतृत्वकर्ताको रुपमा आफुलाई उभ्याउन चाहनुहुन्छ । टानका पछिल्ला गतिविधिहरुमा आधारित रहेर रिजालसँग गरेको संवादको अंश :
१८ १९ सय व्यबसायी संगठित नै छ । ति १८ महिना देखी६ महिना बाँकी छ ।
टानको नेतृत्वकर्ताको रुपमा १८ महिना काम गरिसक्नु भयो । थप नयाँ के काम गरिरहनु भएको छ ?
के गरियो भन्दा पनि केके गरिएन भन्ने कुरा आउछ । किनकी यो पुरानो संस्था हो ३५ वर्षको इतिहासमा टान स्वच्छ र पवित्र संस्थाको रुपमा देखिन्न । ताला लागेर मजदुरहरुले हडताल गरेको अवस्थामा चुनाव गर्ने बातावरण दिनुपर्छ भनेर मजदुरहरुसँग कुरा मिलाएर चुनाव गरिने वातावरण बनाएको हो । यसरी कठिन परिस्थितिलाई चिर्दै अगाडि बढेका हौ ।
आर्थिक रुपमा जर्जर थियो। कर्मचारीहरु अस्तब्यस्त ढंगले चलेको थियो । यो एउटा सस्थाको रुपमा बिल्डिङ राम्रो थियो अन्तरराष्ट्रिय तथा स्थानिय बजारमा टानको नाम पनि राम्रै थियो तर यसको छवी धेरै नै नकारात्मक थियो । किनभने यहाँ भ्रष्टाचर भएको थियो । अथवा टानमा जितेर जाने जो कोही पनि कमाउन जाने हो, राजनीतिक गर्न जाने हो कुनै राजनीतिक पार्टीको झण्डा बोक्न जाने हो भन्ने जो कोहिको धारणा थियो । तर मेरो आजसम्मको यो १८ महिनाको कार्यकालमा कसैले पनि प्रमाणको आधारमा रकम हिनामिना गरे अथवा कुनै पार्टीको झण्डा बोकेर बाइस गरे भनेर कसैले पनि भन्न सक्दैन । तर बोल्न लाई त मान्छेलाई कसले रोक्छ र !
तर पछील्लो केही समय त टान कै कार्य समिती बिच बिबादको श्रीजना भएको थियो नि ?
बुझ्ने बुझाउने कुरा फरक ढंग बाट आएकोले त्यो फरक पर्यो होला तर मलाई लाग्दैन कि हामीले गल्ती गरेर उहाले त्यसो गर्नुभएको थियो । केही बुझ्ने कुरामा उहा फरक टिमबाट आउनुभएकोले सन्खा उपसन्खा उब्जेको हो । र , त्यसले अन्तरद्वन्द भएको हो र त्यो स्वभाबिक हो । तर पछी त्यो कुरा पनि सबधान भयो ।
तर यस्तो कुराले त नराम्रो छवीमा थपिने काम भयो नि
उहा फरक टिमबाट आउनुभएकोले सन्खा उपसन्खा उब्जेको हो । अन्तरद्वन्द भएको हो र त्यो स्वभाबिक पनि हो । तर पछी त्यो कुरा पनि सबधान भयो । अरु कुरा जस्तै सचिबालयलाई व्यबस्थित गर्ने कुरा विगतमा गुमेको टानको छविलाई पुन त्यही ठाउँमा पुराउन चानचुनको कुरा थिएन । हामीले २० औ करोडको काम गरेउ जस्तै डब्लुएफपिको सँग साँढे आठ करोडको काम गरेका थियौ त्यो हामीले पार लायौ, सम्झौता अनुसारको काम गरेका हुनाले उहाहरुको विश्वास जित्ने काम गर्यौ सामर्थले भ्याउने गरी टान को नकारात्मक छविलाई सकारात्मक बनायौ ।
त्यसै गरी २००६ देखि टिम्समा काम गरिरहेका छौ जसलाई व्यबस्थित गर्न हामीले ससक्त ढंगबाट काम गरिरहेका छौ । बिग्रेको कुरालाई बनाउन समय लाग्छ । जस्तै भुकम्प अायो पुरनो घर भत्कियो त्यो फाल्न त्यसलाई अब पहिले कै जस्तो बनाउन समय लाग्छ तर नयाँ जमिनमा नयाँ घर बनाउन त्यती समय लाग्दैन । टान पुरानो संस्था हो यसलाई मास्न सकिन्न तेसैले यसको पुनसम्रचना गर्न समय लागेको हो । हामी यसरी बिहानै अफिस आएर निरन्तर टिम वर्कमा काम गरिरहेका छौ ।
टानलाई उजागर गर्न तथा ब्यबसायीहरुको समस्या सबधान गर्न बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरुमा टानको उपस्थिती रहनु पर्ने कुनै पनि काममा हामी चुकेका छैनौ ।
टान ठुलो सस्था हो ।
कुनै पनि ठाउँमा हाई अल्टिच्युडमा बिल पेश गर्नु पर्दैन त्यतै खच्चडमा पनि बिल पेश गर्नु पर्छ। हो यस्तो कुराहरुलाई राज्यले बुझ्दिनु पर्छ । लाखौंको कारोबार गर्नेले त भ्याटमा दर्ता नगरि प्यानमा दर्ता गरेको अवस्था छ भने ति कामदारहरुले कसरी सक्छन ? त्यस कारण पनि हामी यो सामाजिक सस्थामा लागेका छौ यो दुई बर्षको कार्यकालमा जे जती गर्न सकिन्छ गरौ भन्ने भावनाका साथ हामी दिनरात खटिएका छौ । मलाई पनि व्यवसायी साथीहरुले विश्वास गरेर नेतृत्वकर्ताको रुपमा यहाँ सम्म पुर्याउनु भएको छ । त्यसैले पनि दुई बर्ष पछी अन्य काम गरौला नि! अहिले टानकै सम्पूर्ण कार्यभार समालौ भनेर हामी लागेका छौ । पहिलेको कार्य समितिले पारदर्शी ढंगले काम राख्दिन सकेको भए पर्यटन बजारमा टानको छवि राम्रो हुनेथियो । म यहाँ आउँदा सस्थाको रिन्यु गरिएको थिएन । सस्था नाममा मात्रै थियो व्यवस्थित थिएन । राज्यका कार्यन्वयन निकायहरुले फलो गर्दा देखाउनुपर्ने कागजातहरु यहाँ थिएन । यि सबै कुराहरुलाई हामीले मिलाउदै अहिले शाही ट्य्राकमा ल्याउने काम गरिरहेका छौ ।
तर, अझै पनि टानले व्यवसायीकालागी केही गर्न सकेन भन्ने ब्यवसायीहरुको आरोप छ नि?
सय प्रतिशत व्यवसायी सन्तुष्टी हुन्छन् भन्न सकिन्न । सर्वप्रथम त कतिपय व्यवसायीले टानलाई बुझेका छैनन् । टानले के गर्छ र यसको उद्देश्य के हो र त्यसअनुसार कसरी काम गर्न केके गर्नुपर्छ भन्ने कुरा व्यवसायीहरुले थाहा पाउनुपर्यो । के गर्छ त टानले ?
टानले गर्ने भनेको पुल ‘मिडियटर’ को काम हो । व्यवसायीहरुको समस्या नियमन कार्य निकायमा लगेर त्यसलाई कन्भिस गरेर कार्यन्वयनमा ल्याउने हो । नियम कानुन टानले आँफै बनाउन सक्दैन । त्यस कारण व्यवसायीको पक्षमा काम गर्दा स्रोत चाहिन्छ
तर हामी यहाँ आउँदा त घाटामा थियौ । अझै पनि डेढ-दुई करोड घाटामै छ । त्यो कुरा व्यवसायीले बुझ्नु पर्यो ।
दुई बर्ष अगाडि देखि हुदहुदमा परेका पर्यटन मजदुरका परिवारहरुले पाउनुपर्ने क्षतिपुर्ति पाउनु भएको थिएन । हामी सबैले व्यहोर्ने गरी वा त्यो घरघरानाबाट पैसा बुझाउने जिम्मेवारी सहित एक करोड अठासी लाख रुपैइया ल्याएर दिने काम गर्यौ ।
२५ लाख त दिगो पर्यटन सहकारीबाट ॠण लिएर आज सस्था चलाइराखेका छौ । आर्थिक रुपमा धरासायी आर्थिकले ग्रस्त भएको कारण कसैले पत्याउने स्थिती थिएन । हेलिकप्टरको बिलमा लाखौंको तल माथि भएको छ । त्यसकारण पनि व्यबसायीहरुलाई केही कुरा उहाहरुले सोचेजस्तो हिजोको नकारात्मक गतिबिधी भएको कारण सबैलाई हेर्ने दृष्टि एउटै
तर म दावा साथ भन्छु यो हाम्रो जस्तो कार्य समिती र म जस्तो अध्यस्क्ष्य फेरी आउनुस् अर्को चोटि त्यही शुभकामना दिन्छु किन भने यसरी सामाजिक सस्था मा यसरी ५० औ ॠण लियर कसैले पनि सस्था सन्चालन गर्दैन , घर घडेरी बाट पैसा तिर्छु भनेर मजदुरलाई पैसा दिदैन यो आट र हिम्मत कसैले पनि गर्दैन किनभने यू डराउछ, उसको पनि त भोली गएर परिवार पाल्नु पर्ने हुन्छ
अनी अब यो ॠण कसरी तिर्नु हुन्छ ?
भर्खरै केही दिन अगाडि टिम्सको पैसा निकासा भएको छ । काम गर्ने बातावरण बनिरहेको छ ।
टिम्सको पैसामा विवादित बनेको बेला यो कसरी कुरा मिल्यो तपाईंहरु त आन्दोलनमा उत्रिने भन्दै हुनुहुन्थ्यो नि ?
हामीले जे जे भन्यो त्यो प्रेसर दियौ होला । तर कती कुरामा कोन्भिस पनि गरिरहेका थियौ तर सबै गर्दा पनि कता कता काम अड्कीरहदा, अज हुन्छ भोली हुन्छ भन्दा पर्खिदा पर्खिदा १७ १८ महिना बितिसक्दा अलिकती सकारात्मक क्षितिजमा उज्यालो नदेखिदा जहिले अध्यारो देखिन्दा हामीले नकारात्मक शब्द प्रयोग गर्यौ तर पछील्लो समय बातावरण राम्रो बन्दै गएको छ । काम गर्ने बातावरण बन्दै गएको छ तर समय छोटो छ । फेरी राजनैतिक स्थिती पनि ठीक छैन, राजनैतिक तरलता छ स्थानिय निकायको चुनाव हुने नहुने हो भन्ने दोधारो छ यसले पनि पर्यटन क्षेत्रको पदयात्रा क्षेत्रमा प्रभाव पार्छ हामी पनि देशको नागरिक हौ भोट हाल्न बिदा मागेर जानु पर्छ फेरी दुई चरणमा हुने चुनाव एकै चराणमा सकिन्थ्यो त्यसले गर्दा पनि हाम्रो दिमाग तेतै डाइभर्ट हुने भयो अब काम गर्न त फेरी अफ्ठ्याराहरु त छन् यस्तो हुँदा हुँदै पनि अब सहज ढंगबाट पैसा आउने बातावरण बनेको र काम गर्ने स्थिती बन्दै गएको र क्षितिज उज्यालो हुँदै गाको हामीले देखेका छौ कुनै पनि समस्या छ भने त्यसको सावधान खोजिन्छ तर त्यो सावधान खोज्दा समय खर्चिरहन्छ ।
कार्यकालमा गर्नु भएको कार्यहरु केके छन् ?
भूकम्प गएपश्चात नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्थरमा पुर्याउन हामीले टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ शुरु गर्यौ । यसलाई एउटा प्रोड्क्टको रुपमा हेरेका छौ किन भने भोलीका दिनमा पनि बिदेशीहरु नेपाल पद्यात्राकैलागि आउने हुन् जसमा हामीले यस्तो किसिमको म्याराथन गर्न सक्यौ भने यसलाई प्रोड्क्टका रुपमा बिकास गर्न सक्छौ । र भोलिका दिनमा हजारौको सन्ख्यामा बिदेशीहरु पनि यस्मा भाग लिन आउने र त्यसबाट नेपाली व्यबसायीहरुले पाउने रिटर्न ठुलै हुने भन्ने हाम्रो विश्वास छ । यसलाई हामीले शुरु गरेको दुई बर्ष भयो । यो ठुलै काम हो भन्ने हाम्रो मान्यता छ ।
अर्को हामीले टिम्सलाई व्यबस्थित गर्न पोखरामा कार्यक्रम गरौ र टिम्सका सम्पूर्ण काउन्टर भिजिट गरेउ र ति काउन्टरहरुलाई कसरी व्यबस्थित गर्न सकिन्छ भन्ने बिषयमा रिसर्च गर्यौ । पहिले १० वोटा काउन्टर थियो अहिले ६ वटा छन्। लामो समय देखि कर्मचारी नियमावली व्यबस्थित नभएको, कर्मचारीका बढुवालाई लिएर समय समयमा विवाद श्रीजना हुने गरेको अवस्था थियो त्यसलाई हामीले व्यबस्थित गरेका छौ।
त्यसै गरी हामीले ‘नो ट्रेकिङ विथआउट गाइड एण्ड पोर्टर’भन्ने बिषय पहिले देखी नै उठेको तर यसको कार्यन्वयन अझै हुन नसकेको अवस्था छ । सम्भवत यो बिषय मेरै कार्यकालमा कार्यन्वयन हुन्छ ।
भर्खरै पनि रुवि भ्यालीमा दुई जना बिदेशी पर्यटक हाराए । एकजना जिउदै भेटियो अर्कोको लास भेटियो । यसरी गाइड बिना पर्यटक पद्यात्रामा जाने र असुरक्षित हुने र यो कारणले पनि अन्तर्राष्ट्रिय बजारमा नराम्रो छवी र सन्देश जाने गरेको छ जसको लागि हामीले बिदेशी पर्यटकलाई गाईड बिना ट्रेकिङ जान नदिऔ भन्ने बिषयलाई ससक्त ढंगले उठाका छौ । त्यसैगरी ६/६ महिनाको अबदित प्रतिवेदन व्यबसायीले बुझाउनु पर्ने नबुझाए पेनाल्टीमा पर्ने, पर्यटन उद्योग महाशाखा र अहिले पर्यटन बिभागमा ५ बर्षमा नवीकरण गर्नुपर्ने नगरे खारेज हुने तर कम्पनीमा खारेज नहुने किनभने पर्यटन मन्त्रालय बाट मात्रै सबै काम हुँदैन उद्योगमा गएर कम्पनी रजिस्टरमा दर्ता गर्नु पर्छ उता खारेज नहुने एता खारेज हुने यस् अन्योलतालाई चिन्न नियमावली त्यसैले
त्यसै गरी वान डोर सिस्टम
पर्यटन मन्त्रालयबाट मात्रै काम होस् भनेर गत साल को बजेट भाषनमा हामीले नेपाल सरकारले पर्यटनका हरेक गतिविधी पर्यटन मन्त्रालय बाट मात्रै होस् भन्ने निती तथा कार्यक्रममा राख्न सफल भएका छौ तर त्यो हामीले मात्र गर्ने होइन त्यो देशको राजनीतिक स्थिर्ता सँग जोडीएको हुन्छ । सरकार परिवर्तन भइरहने भएकोले यो काम रोकिरहेको अवस्था छ ।
आफ्नै सचिवालयलाई व्यबस्थित गरेका छौ । अर्को कुरा २४ औ घण्टा टिम्स सेवा छिटो छरितो ढंगबाट उपलब्ध गराउन हामीले मिडिया सेन्टर बनाएका छौ । व्यबसाय उद्दार कोषमा हामीले आठ लाख छुट्याइ सकेका छौ । पत्रकारिता उद्दार तथा सेवा कोष भनेर घोषणा पत्रमा उल्लेख गरेका छौ तर आर्थिक संकटका कारण त्यो अनुसारको १५ लाख रुपैया कोषमा राख्न सकेका छैनौ। अब पर्यटन बोर्डबाट टानले पाउनु पर्ने रकम आउने क्रममा छ आएपछी तुरुन्तै कोषमा रकम जम्मा हुन्छ । समग्र मज्दुरहरुको बिमाका लागि व्यबस्थित कार्य अघी बढाएका छौ ।
टान भनेको करप्सनले जगडिएको, राजनीतिक दलदलमा फसेको सस्था भन्ने जुन छवी थियो त्यसबाट स्वच्छ छवी तिर उतारेका छौ । अहिले टान राजनीतिमुक्त छ। दोष लगाउनेले त जे पनि लगाउछन् तर हामीले कुनै पनि राजनीतिक पार्टीको पक्ष व बिपक्षमा बोल्ने काम गरेका छैनौ । ब्यक्तिगत स्वार्थभन्दा माथि बसेर काम गरिरहेका छौ । पोखरामा भएको बिल्डिङको रोकिएको कन्स्ट्रक्सनको काम अघी बढाएको छौ। हाई अल्टिच्युडमा काम गर्ने मज्दुरहरुका लागि एभ्रेष्टमा राखिएको सामग्रीहरुलाई व्यबस्थित राख्न ‘किप’ सँग सम्झौता गरेर राखेका छौ भने पर्यटन सँग सम्बन्धित बिभिन्न संघ सस्था सँग मिलेर अघी बढीरहेका छौ ।
१२/१३ लाख मासिक खर्च छ ।
बिदेशी पर्यटकलाई गाईड बिना ट्रेकिङ जान नदिऔ । ‘नो ट्रेकिङ विदाउट कम्पनी, गाइड एण्ड पोर्टर’ ट्रेकिङ गर्दा कम्पनी बाट मात्रै जानुपर्ने जसले गर्दा अवैद ब्यापार पनि नहुने । एनजिओ आईएनजिओहरुले लाने बिचमा कमिसन खाने जसले गर्दा व्यबसायहरु बिस्थापित हुने र राज्यलाई कर नतिर्ने यसरी पर्यटकहरु हराउने र अन्तरराष्ट्रिय स्थरमा नकारात्मक छवी जाने गरेको छ त्यसकारण सरकारले यो बिषयलाई ध्यानाकर्षण गरी छिट्टै कार्यन्वयन गर्नुपर्छ किनभने यो कार्य भएन भने ब्यवसाय राम्रो हुँदैन र यसका लागि हामी ससक्त ढंगबाट अगाडि बढ्छौ । यसमा सम्पूर्ण ट्रेकिङ व्यबसायीहरु सहमत हुनुहुन्छ । राज्य सन्यन्त्रले छिटो यस सम्बन्धी नियमावली बनाएर काम गर्नुपर्छ भन्ने टानको माग हो ।