२०८३ साउन ९ शनिबार

मन्त्रीका सहयोगीले चिकित्सक ठगेपछि…

ई आर्थिक    सोमबार, जेष्ठ १५ २०७४
3.1K
Shares
मन्त्रीका सहयोगीले चिकित्सक ठगेपछि…

१५ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेशनल मेडिकल साइन्सको नक्कली माइन्यून पुस्तिका बनाएर छात्रवृत्ति दिलनउजे भन्दै ठगी गरेको कसुरमा २०७३ जेठ ३२ गते नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोक्यो।

डा.मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालिन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो।

मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे। अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे। उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन्। यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने।

सरोज उनका पिए। कानुनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे। असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आए पछि मन्त्री केसीले उनलाई हटाए। ता पनि उनी पक्राउबाट जोगिदै आए। केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे।अाजकाे नागरीक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij