२०८३ साउन ९ शनिबार

चक्रपथ सफा गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो

ई आर्थिक    आइतबार, जेष्ठ १४ २०७४
2.9K
Shares
चक्रपथ सफा गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो

१४ जेठ, काठमाडौँ । चक्रपथ क्षेत्रको सरसफाइका लागि चलाइएको अभियानमा हजाराँै व्यक्तिको सहभागिता भएको छ । चक्रपथ सफाइ अभियानको क्रममा आज सञ्चालन गरिएको अभियानमा करिब १८ टन फोहर सङ्कलन गरिएको छ ।

प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेको सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ ।
नारायणगोपाल चोकबाट फोहर सङ्कलन गर्दे ग्रिनसिटी अस्पताल पुगेर आजको अभियान समापन भएको थियो ।

सफाइ अभियानमा काठमाडाँै महानगरपालिका, टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यति हेल्थ साइन्स एकेडेमी, आमा समूह, होटल व्यवसायी सङ्घ, रानीबारी समाज, हिमालय बातावरण, हेराल्ड एकेडेमीलगायतका संस्था संलग्न छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिताले फोहर सङ्कलन अभियानलाई थप प्रभावकारी बनाएको फोहर सङ्कलन अभियानका संयोजक एवम् ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताउनुभएको छ ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको संयोजनमा स्वतःस्फूर्तरुपमा सञ्चालित चक्रपथ सफाइ अभियान साताँै हप्ता पनि ग्रिनसिटी अस्पताल बसुन्धरादेखि नारायणगोपाल चोक पुग्दासम्म ९० टन फोहर सङ्कलन भइसकेको छ । अब अर्को हप्ता अर्थात आठाँै हप्ता ग्रिनसिटी अस्पतालबाट बसपार्कतिर फोहर सङ्कलन गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij