२०८३ साउन ११ सोमबार

सनराइज बैंकसँग मर्जको सोच बनाउनु भएको छ ? धोकाको प्रबल संभावनाको बारेमा पहिला सोच्नुहोला !

ई आर्थिक    शुक्रबार, बैशाख १५ २०७४
3.9K
Shares
सनराइज बैंकसँग मर्जको सोच बनाउनु भएको छ ? धोकाको प्रबल संभावनाको बारेमा पहिला सोच्नुहोला !

बैशाख १४, काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार पूँजी पु¥याउने अन्तिम कसरत गरिरहेका छन् । यही कसरतको शिलशिलामा पूँजी पु¥याउन नसकेका र मर्ज तथा एक्विजिसनको संभावना भएका बैंक वित्तीय संस्था आ–आफ्नो कसरतमा रहेका छन् । यसै शिलशिलामा सनराइज बैंकसँग मर्ज तथा एक्विजिसनको सोच त बनाउनु भएको छैन ? यदी छ भने बैंकले धोका दिनसक्ने संभावनाको वारेमा पहिला सोच्नु होला । अन्य बैंक वित्तीय संस्थाको तुलनामा सनराइज बैंक यस्तो कार्यमा एक कदम अगाडि रहेको घटना क्रमले पुष्टि समेत गरिदिएको छ । महालक्ष्मी विकास बैंकलाई सनराइज बैंकले दिएको धोकाले पनि यस्ता कुराको पुष्टि गरिदिएको छ ।

मर्जको शिलशिलामा सनराइजले महालक्ष्मीलाई दिएको धोकाको बारेमा अहिले बैंकिङ क्षेत्रको चर्चाको विषय बन्ने गरेको छ । यो विषयलाई लिएर बैंकिङ क्षेत्रमा सनराइज सर्वत्र आलोचना समेत भएको छ ।

सनराइज बैंकको १०० बराबर महालक्ष्मी विकास बैंकको ९० रुपैयाँ हुने गरी स्वाप रेसियो कायम सहित दुबै बैंकबीच संझौता सम्पन्न भएको थियो । पहिला संझौता भए अनुरुप महालक्ष्मी विकास बैंकले ९० रुपैयाँ सनराइज बैंकले नदिने भए पछि अन्तिम समयमा आएर मर्ज प्रक्रिया नै तोडिएको थियो । यो विषयमा सनराइजले महालक्ष्मीलाई धोका दिएको गुनासो महालक्ष्मी विकास बैंक स्रोतले गरेको छ । ‘लामो समयको हाम्रो प्रयास, मेहनत समय सनराइजले खेर फालिदिएको छ ।’ बैंक स्रोतले भन्यो– ‘अन्तिम समयमा आएर सनराइजले स्वाप रेसियोमा दुई जिब्रे व्यवहार गरेको हुनाले हामीले मर्ज तोड्न बाध्य भयौं ।’ सनराइजले ९० रुपैयाँको संझौतालाई झारेर ७०–७५ मा झार्ने प्रस्ताव गरेको थियो । मर्ज संझौतामा उल्लेख गरेको रकममा सनराइज बैंक ‘ब्याक’ हटेर महालक्ष्मीलाई धोका दिए पछि दुबै बैंक बिच मर्ज प्रक्रिया तोडिएको थियो ।

सनराइजसँग मर्ज प्रक्रिया तोडेको महालक्ष्मी अहिले यति डेभलपमेन्ट बैंकसँग मर्जको संझौता गरेर अगाडि बढिरहेको छ । महालक्ष्मी र यति बीचको मर्ज प्रक्रिया अहिले तीब्र गतिमा अगाडि बढिरहेको बैंक स्रोतले जानकारी दिएको छ । महालक्ष्मी–यति मर्ज पछि बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुग्ने भएको छ । त्यसैगरी दुबै बैंकको गरी ग्राहक संख्या ३ लाख ३५ हजार बढी पुग्नेछ भने शाखा संख्या ६२ हुनेछ । मर्ज पछि बैंकको निक्षेप २४ अर्ब पुग्ने छ भने ऋण २० अर्ब नाघ्ने बैंकले जानकारी दिएको छ ।

गाभिए पछि सञ्चालक समितिको अध्यक्षमा यतिबाट राजेश उपाध्यायलाई ल्याइने सहमति भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा भने महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई जिम्मेवारी दिइने भएको छ ।

पछिल्लो समयमा सनराइज बैंकले एक्विजिसन गरेको एन.आई.डि.सी. क्यापिटल मार्केट्स वाहेक सबै बैंक वित्तीय संस्थासँग मर्जको संभावना सनराइज बैंकको हठका कारण तुहिदै गएको सनराइज बैंक स्रोतले नै जानकारी दिएको छ । सो कम्पनी एक्विजिसन सँगै पछिल्लो समयमा आएर ५ अर्ब ४५ करोड रुपैयाँ चुक्त पूँजी मात्र रहेको छ । बैंकले अन्य बैंक वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसन गर्न सकेको छैन ।

अन्य बैंक वित्तीय संस्थालाई मर्ज तथा एक्विजिसन गरी चुक्ता पूजी बृद्धि गर्न तथा बैंकको आकार बढाउन बैंक सफल हुन सकेको छैन । बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्ब ९ करोड पुग्ने जानकारी दिएको छ । त्यसैगरी आ.ब. २०७३÷०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा दाबी गरे पनि सो पुरा नहुने बैंक स्रोतले नै जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij