१२ वैशाख, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको तेह्रौ वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनवाट ज्योत्स्ना श्रेष्ठ (सुब्बा ) अध्यक्षमा निर्वाचित निर्वाचित हुनुभएको छ । उहाँले कुलखसेको १३६ मतमा १०३ मत प्राप्त गरेर निर्वाचित भएको जनाइएको छ ।
त्यस्तैगरी प्रथम उपाध्यक्षमा सुमनमान ताम्राकार, द्घितिय उपाध्यक्षमा नरेन्द्र कुमार गुप्ता, महासचिवमा शक्ति कुमार वेगानी, सचिवमा जयराम पाण्डे, कोषध्यक्षमा ऋषि ठाकुर र सदस्यहरुमा निर्मल ज्योती तुलाधार (स्वतन्त्र), रिकेन सिंह महर्जन, पवन कुमार अग्रवाल, युरोपमान श्रेष्ठ, सुनिलमान ताम्राकार, सुनित अग्रवाल, जीवन ठाकुर, जुगल किशोर राठि, मोहन शाह र प्रदिपमान ताम्राकार निर्वाचित भएको संघले जनाएको छ ।
श्रेष्ठको कार्यकाल अवधि तीन वर्षको रहने छ । श्रेष्ठ संघको प्रथम महिला अध्यक्ष समेत हुन् । नेपाल उद्योग वाणिज्य माहासंघको हालै सम्पन्न निर्वाचनवाट महासंघको कार्यसमिति सदस्य पदमा समेत निर्वाचित भएकी श्रेष्ठले रत्न तथा आभूषण व्यवशायमा देखिएका समस्या र चुनौतीलाई हल गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्दै ,यो व्यवशायलाई एउटा व्यवस्थीत र सम्मानित व्यवशायको रुपमा अगाडि वढाउने लक्ष्य रहेको बताउनुभयो ।