२०८३ साउन ९ शनिबार

टेलिफोनको पहँुच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

ई आर्थिक    सोमबार, बैशाख ११ २०७४
4.6K
Shares
टेलिफोनको पहँुच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

११ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन् ।

यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण गरी सेवा प्रवाह गरिएको हो । योभन्दा अघि अन्यत्र सञ्चालित सिडिएमए र एनसिएलका टावरको भरमा उच्च स्थानमा मात्रै मोबाइल सेवा दुःखले चल्ने गरेको थियो । उच्च स्थानमा पुगेर आवाजसमेत स्पष्ट नबुझिने गरी मोबाइलमा कुराकानी गर्ने स्थानीय अहिले गाउँका कुनाकुनामा मोबाइल चल्न थालेपछि हर्षित भएका छन् भने मोबाइल बोकेर डाँडातिर दगुर्नु पर्ने बाध्यता पनि हटेको टावर निर्माणमा सक्रियता देखाएका स्थानीय समाजसेवी गजेन्द्र तुम्यहाङले राससलाई बताउनुभयो ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो भने जडानको कार्य मर्मत सम्भार एकाइ कार्यालय इलामले गरेको थियो । यता जिल्लाको याङ्वरक गाउँपालिकास्थित थेचम्बु र फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा समेत टावर निर्माणको अन्तिम तयारी भइरहेको मर्मत सम्भार एकाइ कार्यालय इलामका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अबको डेढ महिनाभित्रै जडान भइसक्ने छ ।

जिल्लाकै आधाभन्दा बढी भू–भाग ओगटेको फक्ताङ्लुङ गाउँपालिका भने टेलिफोनको पहुँचभन्दा टाढा रहेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij