२०८३ साउन ९ शनिबार

सामसुङ ग्यालेक्सी एस८ र एस८ प्लस अब नेपाली बजारमा

ई आर्थिक    बिहिबार, बैशाख ७ २०७४
6.4K
Shares
सामसुङ ग्यालेक्सी एस८ र एस८ प्लस अब नेपाली बजारमा

७ वैशाख, काठमाडौं ।  सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ मोबाइल ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली बजारमा साजर्वजनिक गरेको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गरी सामसुङले आफ्ना दूई वटा नयाँ मोडेलका मोबाइल सार्वजनिक गरेको हो ।

उक्त दुवै फोनको बुधवारदेखि नै बुकिङ शुरू भएको र वैशाख २२ गतेदेखि नेपाली बजारमा उपलब्ध हुने सामसुङ नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए ।

सार्वजनिक गरिएको ग्यालेक्सी एस८ को स्क्रिन साइज ५ दशमलव ८ इञ्च र एस८ प्लसको ६ दशमलव २ इञ्च रहेको छ । फ्रण्ट क्यामरा ८ मेगापिक्सल र १२ मेगापिक्सेलको रियर क्यामेरा रहेको उक्त फोनमा रहेको एफ७ लेन्स र १.५ माइक्रो पिक्सलले कम प्रकाशमा पनि उज्यालो र उच्च गुणस्तरको फोटो खिच्ने कम्पनीको दाबी छ ।

६४ जीबी इण्टर्नल स्टोरेज रहेका दुवै फोनमा एसडी कार्डमार्फत २ सय ५६ जीबीसम्म क्षमता बढाउन सकिन्छ । यी फोनमा सामसुङको लोगोलाई फोनको फ्रण्टबाट हटाइएको छ भने होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ । यी फोनमा दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ । नेपाली बजारमा ग्यालेक्सी एस८ को मूल्य ८८ हजार ९ सय र ग्यालेक्सी एस८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैयाँ तोकिएको स्थापितले जानकारी दिए ।

दुवै मोबाइलको खरीदमा ६ महीनाका लागि इन्स्योरेन्सका साथै ८ महीनाका लागि ८ जीबीको डाटा प्याकको सुविधा पनि उपलब्ध गराइएको कम्पनीको भनाय छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij