७ वैशाख, रौतहट । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । गौरस्थित नगरपालिका कार्यालय अगाडि झडप भएको हो ।
विहीबार गौरमा मोर्चाले निकालेको लाठीसहितको सिठी जुलुस अनियन्त्रीत भएपछि प्रहरीले हस्तक्षप गरेको हो । जसमा मोर्चाका कार्यकर्ताहरुले प्रहरीमाथी आक्रमण गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको स्थानी प्रहरीले जनाएको छ । झडपमा तीन जना प्रक्राउ परेको समेत प्रहरीले जनाएको छ ।
सरकारले वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनको विरोध गर्दै मोर्चाले विविध विरोधका कार्यक्रम आयोजना गरेको छ । उक्त विरोधका कार्यक्रम अन्तर्गत बिहीबार मोर्चाका कार्यकर्ताहरुले लाठीसहित सिठी जुलुस गरेको बताइएको छ ।