४ बैशाख, काठमाडौं । चौतर्फी चर्को आलोचनापछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक विदा कटौती गरेको छ। गृह स्रोतका अनुसार चौतर्फी विरोधका बाबजुत आजको विदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा फिर्ता लिने निर्णय गरेको हो।
सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।