२०८३ साउन ११ सोमबार

राष्ट्रपतिको भारत भ्रमण: जाँदा पनि र आउँदा पनि सार्वजनिक विदा दिने सरकारको निर्णय

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
4.1K
Shares
राष्ट्रपतिको भारत भ्रमण: जाँदा पनि र आउँदा पनि सार्वजनिक विदा दिने सरकारको निर्णय

३ वैशाख, काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए।

भण्डारी राष्ट्रपति भएपछि यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी थिइन्।

राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी थिइन्। ‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’ यद्यपी राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको थियो।

सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेको थिएन। तर आज बसेको मन्त्रिपरिषद बैठकले भण्डारी विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ। त्यसअघि नेपालका राष्ट्राध्यक्ष राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो।

गत वर्ष भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सरकारले एक दिन सार्वजनिक विदा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij