२०८३ साउन ९ शनिबार

दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
4.7K
Shares
दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

३ वैशाख, भक्तपुर । सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु १० करोडको कारोबार भएको छ ।

औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकँुडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स लगायतका सामानको स्टल राखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij