२०८३ साउन १० आइतबार

महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा भारी मतले विजयी

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
7.3K
Shares
महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा भारी मतले विजयी

२९ चैत, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा भारी मतले विजयी भएका छन् । गोल्छाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई ठुलो मत अन्तरले पराजित गरेका हुन् ।

अन्य तीन उपाध्यक्षमा २ गोल्छा प्यानल र एकमा प्रधान प्यानलले जितेका छन् । गोल्छाले प्रधानलाई जिल्ला नगर तर्फकै मतमा पनि लिड गरेका छन् । गोल्छाले जिल्ला नगरबाट ६० मत ल्याएका छन भने प्रधानले जम्मा ४९ मात्रै ल्याएका छन् ।

तीन उपाध्यक्षमा बस्तुगत तर्फ गोल्छा प्यानलकै उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठले ४७ मत ल्याएका थिए भने शंकर प्रसाद पाण्डेले ३८ मत पाएका थिए । अर्का उम्मेदवार अनुप बहादुर मल्लले भने ११ मत मात्रै ल्याएका थिए । उमेशलाल श्रेष्ठले गोल्छा प्यानलबाट चुनाव जितेका हुन् । जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठले ५३ मत ल्याएर विजयी भएका छन भने दिनेश श्रेष्ठ ४८ मत ल्याएर पराजित भएका छन् । निर्वाचित भएका दिनेश श्रेष्ठ किशोर प्रधान प्यानलका हुन् ।

एसोसियट तर्फका विजयी उम्मेदवारहरु
प्रबलजंग पाण्डे, अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका हुन् ।

बस्तुगत तर्फका विजयी उम्मेदवारहरु
अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल, डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन छन् ।
मत बराबर भएका चार जना खेमलाल श्रेष्ठ, नरेशलाल श्रेष्ठ, सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठबिच गोलाप्रथा गर्दा सुनिल गोपाल श्रेष्ठ र रबिन कुमार श्रेष्ठ विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij