२०८३ साउन १० आइतबार

चन्द्रगिरिको पूर्वाधार विकास र ऐतिहासिक पक्षको संरक्षणका लागि प्रतिबद्धता

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
4.2K
Shares
चन्द्रगिरिको पूर्वाधार विकास र ऐतिहासिक पक्षको संरक्षणका लागि प्रतिबद्धता

२९ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले जनतालाई अधिकारसम्पन्न गराउने बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा पहिलो पटक भएको चन्द्रागिरि महोत्सवको आज शुभारम्भ गर्दै उहाँले स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुने हुँदा निर्वाचन सम्पन्न गराउन सबै पक्षसँग सहयोगको अपेक्षा गर्नुभयो ।

त्यस क्षेत्रबाट आफू पहिलो पटक निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताउँदै उहाँले त्यहाँको पूर्वाधार विकासका साथै ऐतिहासिक पक्षको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले त्यस क्षेत्रको प्राचीन महत्वका सम्पदास्थल, स्थानीय उत्पादनलगायतलाई प्रवद्र्धन गर्न सो महोत्सव गरिएको जानकारी दिनुभयो ।

स्थानीयवासी एवम् उद्यमी देवेन्द्र प्रधानले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने महत्वपूर्ण नाका भएको उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था सन्तोषजनक नरहेकाले त्यसतर्फ सरकारले लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी वैशाख ६ गतेसम्म चल्ने महोत्सवमा नेवारी खाना र स्थानीय तहमा उत्पादन भएका खाद्य वस्तुको बिक्रीसमेत सुरु गरिएको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले चन्द्रागिरिको डाँडाबाट अवलोकन गरी काठमाडौँ खाल्डोसमेत जिती विशाल नेपाल बनाएको बताइएको छ । त्यस क्षेत्रमा कालु पाँडेको समाधि, इन्द्र दहलगायत स्थान पर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij