२९ चैत, काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले वैशाख ७ गते देखि १० बराबर ३ (१०:३) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
बैंकको चैत १६ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले जेठ ८ गते सम्म शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाँचघर, जमल रहेको छ । यसका साथै नेपाल बङ्गलादेश बैंकको केन्द्रीय कार्यालय, कमलादी लगायत उपत्यका भित्रमा न्यूरोड, भैंसीपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, बालाजु, कीर्तिपुर ट्याङ्लाफाँट र महाराजगञ्जबाट आवेदन दिन सकिन्छ ।
त्यसैगरी, उपत्यका बाहिरमा विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायणगढ, बुटुवल, धनगढी, बिर्तामोड, कुश्मा पर्वत, बाँके, जनकपुर, सुर्खेत ,हेटांैडा, भैरहवा र भोजपुरबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब १ करोड १७ लाख ५९ हजार रहेकोमा हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुँक्ता पूँजी रू. ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५ पुग्नेछ ।