२०८३ साउन १० आइतबार

नेपाल बैंकको हकप्रद शेयर खरीदको लागि आवेदन दिने आज अन्तिम दिन

ई आर्थिक    सोमबार, चैत्र २८ २०७३
5.5K
Shares
नेपाल बैंकको हकप्रद शेयर खरीदको लागि आवेदन दिने आज अन्तिम दिन

२८ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडले १ सय बराबर २३ दशमलव ७४ (१००:२३.७४) प्रतिशत हकप्रद शेयर खरीदको लागि आवेदन दिने आज अन्तिम दिन हो ।

बैंकको चैत २८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले हकप्रद शेयर खरीदको लागि आवेदन दिन सक्ने भएका छन् । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा सोमवार नै नेपाल बैंकको शेयर किनिसक्नुपर्नेछ । बैंकले हकप्रद निष्कासनको लागि मङ्गलवारदेखि बुक क्लोज गर्दैछ ।

बैंकको हकप्रद शेयर निष्कासन शुरू मिति २०७४ वैशाख ७ देखि र निष्कासन बन्द हुने मिति जेठ १० गतेसम्म रहेको छ । बैंकको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij