२०८३ साउन १० आइतबार

नेपालमै पहिलो पटक मोइस्चर प्रुफ प्याकेजिङ्मा ‘अर्घाखाँची एमपी ओपीसी सिमेन्ट’

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
5.2K
Shares
नेपालमै पहिलो पटक मोइस्चर प्रुफ प्याकेजिङ्मा ‘अर्घाखाँची एमपी ओपीसी सिमेन्ट’

२२ चैत, काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टको उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट प्रा.लि.ले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओ.पी.सी. सिमेन्ट बजारमा सार्वजनिक गरेको छ ।

उक्त सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्नेे र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने कम्पनीले जनाएको छ । साथै धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर नपार्ने बताइएको छ ।

कम्पनीले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै उक्त नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्टको भब्य रुपमा सार्वजनिक गरेको हो ।

अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका निर्देशक पशुपति मुरारकाले भन्नुभयो, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका हौैँ । विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएका छौ ।’ उहाँले यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी समेत गर्नुभयो ।

रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्टले हाल १,२०० मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले नेपालको निर्माण जगतलाई अझ सुदृढ बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने लक्ष्यको साथ आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ( ६०००० ) ओ.पी.सी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । यस उद्योगले उच्च स्तरको जर्मन प्रविधिको साथै अटो रोटो प्याकेजिंग प्रविधिको प्रयोगबाट सही तौलको उच्च गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij