२० चैत, महेन्द्रनगर(धनुषा)। अख्तियार दुरुपयोग आयोगले नापी कार्यालयका एक अमिनलाई रु ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।
अमिन कृष्ण जोशीलाई आयोगको बर्दिवास क्षेत्रीय कार्यालयले आज दिउँसो सो रकमसहित नियन्त्रणमा लिएको हो ।
अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट र नामसारीका लागि रु ३० हजार घुस लिएको बेला क्षेत्रीय कार्यालयका एसपी राजकुमार लम्सालको टोलीले नियन्त्रणमा लिएको थियो । रासस