२०८३ साउन ९ शनिबार

झापाबाट मानसिक सन्तुलन गुमाएकी सुत्केरीको उद्धार

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
2.1K
Shares
झापाबाट मानसिक सन्तुलन गुमाएकी सुत्केरीको उद्धार

१८ चैत, काँकडभिट्टा (झापा) । मानसिक सन्तुलन गुमाएकी एक सुत्केरीको आज बिहान झापाको बाहुनडाँगीस्थित भृकुटी बजारबाट उद्धार गरेको छ ।

स्थानीयवासीको सहयोगमा महिला तथा बालबालिका कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई उद्धार गरेर उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

मधेसी मूलकी जस्ती देखिने नाम ठेगाना नखुलेकी करिब २५ वर्षीया ती महिलाले आज बिहानै मान्छे नबस्ने एउटा खाली टहरोमा शिशु जन्माएकी इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले बताउनुभयो ।

सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएका कारण कमजोर भएकी र नवजात शिशुको अवस्थासमेत बेवारिसे भएकाले तत्कालै उद्धार गरी अस्पताल पु¥याइएको महिला तथा बालबालिका कार्यालय, झापाका प्रमुख इन्दिरा ओझाले बताउनुभयो ।

मेची अञ्चल अस्पतालमा उपचाररत ती महिलालाई रगत दिइएको छ भने शिशुको अवस्था सामान्य रहेको प्रमुख ओझाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij