२०८३ साउन ९ शनिबार

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
3.7K
Shares
भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

१८ चैत, बर्दिया । नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् । मधुवन नगरपालिका–३ दशगजा पिलर नं। ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij