२०८३ साउन ९ शनिबार

सितापाइला चोकमा सनराइज बैंकको नयाँ शाखा

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
9.7K
Shares
सितापाइला चोकमा सनराइज बैंकको नयाँ शाखा

१७ चैत, काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ सितापाइला चोकमा शाखा स्थापना गरेको छ । बुधबार उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले गरे । कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको समेत सहभागी थियो ।

बैंकले नारायणी नेशनल फाइनान्स लिलाई प्राप्ती गर्दा शंखमुलमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्का शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकरसेवा समेत उपलब्ध गराइएको छ ।

हाल बैंकले नेपाल अधिराज्य भर ६८ वटा शाखा र ७६ वटा एटिएम मार्फत् ग्राहकहरुलाई बैंकिङ सेवा दिर्दै आएको छ । साथै, धरान, नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर र देशका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ सेवा संचालन गरेको छ । निकट भविष्यमा बैंकले खुसिबु, बुधबारे, सुर्खेत, कालिकास्थान, हेटौंडामा शाखाहरु खोल्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij