८ चैत, काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारण सभाले अध्यक्षमा रमेश महर्जनलाई चयन गरेको छ । चैत ५ र ६ गते पोखरामा सम्पन्न उक्त सभाले नयाँ कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको हो ।
नव–निर्वाचित कार्य समितिमा अध्यक्ष रमेश महर्जन, विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ, प्रथम उपाध्यक्ष रुद्र बहादुर बराइली, द्घितीय उपाध्यक्ष महेश मान श्रेष्ठ, तृतिय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव कृष्ण लाल महर्जन, सचिव राजमान सुनार, सचिव किसान सुनार, कोषाध्यक्ष द्घारिका विश्वकर्मा , सहकोषाध्यक्ष जयराम पाण्डे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विशन शाक्य, मीन बहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला,सुमन मान ताम्राकार, अशोक कुमार साह , घनश्याम रिजाल, मणि किशोर पाण्डे रहनु भएको छ भने संशोधित विधान अनुरुप थप सदस्यहरु देवीलाल वि.क., ऋषि कुमार ठाकुर , सोप बहादुर वि.क., नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्रचार्य, विद्या सागर ताम्राकार चयन भएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।
सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्य विवरण, विधान स्रशोधन प्रस्ताव पारित गरेको छ । संशोधित प्रावधान अनुसार महासंघको संरचनालाई प्रादेशिक स्तरमा समेत विस्तार गरिने बताइएको छ ।
सोही अवसरमा सम्पन्न राष्ट्रिय सम्मेलनले सुनको आपूर्ति एवं वितरणलाई प्रादेशिक रुपमा विकेन्द्रित गरिनु पर्ने, बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा नियमनलाई चिश्चित मापदण्ड अन्तर्गत ल्याउन अविलम्ब निर्देशिका जारी हुनुपर्ने, स्वदेशी रत्न पत्थरको प्रवद्र्घनका लागी महासंघले प्रस्तुत गरेको संयुक्त कार्ययोजना प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय खानी बोर्डको अविलम्ब गठन हुनुपर्ने आदि प्रस्तावहरु पारित गरेको छ ।