२०८३ साउन ९ शनिबार

प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, समिति सभापति आक्रोशित

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७३
5.7K
Shares
प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, समिति सभापति आक्रोशित

८ चैत, काठमाडौं । गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिए । तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो । स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो । सोमबारसम्म फोन नै उठेन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij