२०८३ साउन ९ शनिबार

६६ जिल्ला संघका अध्यक्षको समर्थन सहित गोल्छा समूहको उम्मेदवारी घोषणा, चुनावी घोषणाका कारण बुटवल भयाे उद्योगीमय

ई आर्थिक    आइतबार, चैत्र ६ २०७३
6.1K
Shares
६६ जिल्ला संघका अध्यक्षको समर्थन सहित गोल्छा समूहको उम्मेदवारी घोषणा, चुनावी घोषणाका कारण बुटवल भयाे उद्योगीमय

६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

एसोसिएटतर्फका हालका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसायीहरुको उपस्थित रहेको थियो । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ६६ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका छन् ।

गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका अहिलेका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका छन् ।

गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पु-याउने दाबी गरे । ‘भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’

चण्डीराज ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।
‘हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो ।’

उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिष्ठलाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।
अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे ।

गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे । ‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुनेछ’, ढकालले भने, ‘व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकारसँग लबिङ गर्ने छु ।’

गोल्छाकोे प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।

घोषणा सभामा चिया उत्पादक संघको तर्फवाट प्रतिनिधित्व गर्दै बस्तुगत संघको तर्फवाट केन्द्रीय सदस्यका उम्मेदवार हेमराज ढकाल, भन्सार एजेन्स महासंघका अध्यक्ष जय शिवाकोटी, क्यान फेडेरेशनका अध्यक्ष विनोद ढकाल, फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का निवर्तमान अध्यक्ष लोकनाथ गैरे, शैक्षिक मसलन्द उत्पादक संघका अध्यक्ष सुनिल गोपाल श्रेष्ठ, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर, हस्तकला महासंघका निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, सौन्दर्य व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, मेडिकल इक्वीपमेन्ट सप्लायर्स एसोसिएसनका अध्यक्ष भक्त हमाल, अदुवा उत्पादक संघका अध्यक्ष नरेन्द्र खडका लगायत ३५ जना वस्तुगत संघका अध्यक्षको उपस्थिति रहेको थियो ।

ठूलो समूहमा उपस्थिति उद्योगी व्यवसायीका कारण बुटवल उद्योगी व्यवसायीमय भएको थियो ।

FNCCI-golchha-group

कसले के भने ?
गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।
भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’

चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।
‘हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो ।’
उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निष्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।
अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे ।

गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे । ‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुनेछ’, ढकालले भने– ‘व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकार सँग लबिङ गर्नेछु ।’

गोल्छाको प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।

गोल्छाको प्यानलबाट जिल्ला तथा नगरबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिनेश श्रेष्ठले नयाँ जिम्मेवारीमा खरो रुपमा उत्रन नसकेमा पद छाड्न तयार रहेको बताए । ‘जिल्ला, बस्तुगत जे बाट आएपनि म महासंघको काममा बुद्धि र बिवेकले काम गर्ने छु’, उनले भने, ‘जिल्लाका साथीहरु र क्षमतावान हुनुहुन्छ र यसअघि जिल्लाबाट नेतृत्वमा पुग्नेले पदाधिकारी बनेर काम गरे ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij