६ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक निकै उकालो लागेको छ । कारोबारको सुरुवातदेखि नै उकालो लागेको बजार अन्तिम समयमा पुग्दा नेप्से २४.८५ अंकले उकालो लागेर परिसूचक १३८२.१९ विन्दुमा पुगेको छ ।
यस दिन बीमा समूह र बैङ्किङ समूहमा उच्चदरको कारोबार भएको छ । सो दिन कारोबार रकम रू. १५ करोड ४ लाखले बढेर रू. ६८ करोड ७७ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ३९ अर्ब पुगेको छ ।
यो दिन १ सय ३६ कम्पनीहरुको १४ लाख ४८ हजार दुई सय चार कित्ता सेयर ६८ करोड ७७ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ । सबै भन्दा बढी बिमा समूहको परिसूचक ३६७.४९, होटेल समूहको ६०.०५, जलविद्युत समूहको ५५.५९, बैंकिङ समूहको परिसूचक १२.९ अंकले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको १७.१८, अन्य समूहको ९.२५, वित्त समूहको ६.६७, र उत्पादन तथा प्रशोधन समूहको २.५६ अंकले उकालो लागेको छ ।
नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १ सय ३ कम्पनीहरुको शेयर मूल्य बढेको, २० कम्पनीहरुको मूल्य घटेको छ भने १३ कम्पनी स्थिर रहेका छन् । दिनभरीमा १ सय ३६ कम्पनीको ५ हजार १ सय १५ पटकको व्यापारबाट १४ लाख ४८ हजार २ सय ४ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ८८ प्रतिशत बढेर ३ सय दशमलव ३८ अङ्क पुगेको हो ।
यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५७ दशमलव ११ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो ५ दशमलव १५ अङ्क रहेको छ । यसले बजार वुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।