२०८३ साउन ९ शनिबार

पोखराको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

ई आर्थिक    शनिबार, चैत्र ५ २०७३
2.4K
Shares
पोखराको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

५ चैत, पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई आज पक्राउ गरेको छ ।

पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij