२०८३ साउन ९ शनिबार

भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा

ई आर्थिक    मंगलबार, चैत्र १ २०७३
3.2K
Shares
भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा

१ चैत, भोजपुर । भोजपुर जिल्लामा स्थानीय तह आजैदेखि कार्यान्वयन हुने भएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बारे सोमबार सर्वपक्षीय छलफलपछि आजदेखि स्थानीय तह कार्यन्वयनमा ल्याइने भएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर स्थानीय तह कार्यान्वयनमा ल्याए पनि भोजपुरमा आजदेखि काम थालिएको हो । भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका बनेका छन् भने जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ ।

नेपाल सरकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ को दफा १४ अनुसार नगरपालिका र गाउँपालिकामा निमित्त कार्यकारी पनि तोकिएको छ ।

भोजपुर नगरपालिकामा कृष्णबहादुर कार्की र षडानन्द नगरपालिकामा हर्षबहादुर थापा, साल्पा सिलिचुङ गाउँपालिकामा सागरमणि गौतम, अरुण गाउँपालिकामा लेखराज तिम्सिना, पौवादुङ्मा गाउँपालिकामा शालिकराम कोइराला, ट्याम्के गाउँपालिकामा सुरेशकुमार ढुङ्गेल, रामप्रसाद राई गाउँपालिकामा प्रेमकुमार शाक्य, हतुवागढीे गाउँपालिकामा गणेश प्रधान र आमचोक गाउँपालिकामा कृष्णबहादुर दाहाललाई निमित्त कार्यकारी तोकिएको हो ।

गाउँपालिका तथा तोकिएको केन्द्रमा आजैदेखि कार्यालय स्थापना गरी काम सुरु गर्नुपर्ने समेत स्थानीय विकास अधिकारी परियारले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij