२०८३ साउन ९ शनिबार

कन्चनपुरकाे दशगजामा भारतीय र नेपालीबीच भिडन्त, स्स्थिति तनावग्रस्त, दुबै देशकाे अाधिकारिक धारणा अाएन

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७३
6.2K
Shares
कन्चनपुरकाे दशगजामा भारतीय र नेपालीबीच भिडन्त, स्स्थिति तनावग्रस्त, दुबै देशकाे अाधिकारिक धारणा अाएन

फागुन २६,  कञ्चनपुर । भारतीय सीमा क्षेत्र दशगजामा भारतीय नेपालीबीच ढुंगा हानाहान भएकाे छ । भारतीय सुरक्षा बल एसएसबीका जवानहरुले सीमा क्षेत्रमा नेपालीहरू कुटपिट गरे पछि िस्थति तनाबग्रस्त बनेकाे हाे ।

कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेपछि स्थानिय नेपालीहरू प्रतिकारमा उत्रिएका छन् । प्रतिकार पछि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएकाे छ ।

 

याे घटनाका कारण सीमाक्षेत्रमा तनावग्रस्त बनेको छ । नेपालीहरूले नेपाली भुमिमा कल्भर्ट निर्माण गर्ने शिलशिलामा भारतीय सुरक्षाकर्मी एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियाे । एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी बुधबार साँझ घाइते समेत बनाएका थिए ।

एसएसबीकाे ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे देखि सीमा बन्द गराएर स्थानीयहरू नेपालीहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

त्यसलगतै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको थियाे । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका हुन् ।  दशगजामा क्षेत्रमा अहिले पनि ढुंगामुढा जारी रहेकाे छ ।

नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् । दुवैपक्षका सुरक्षा अघिकारीहरु याे स्थितिलाइ नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

भारतीय एसएसबीका यस्ताे ज्यादती याे नयाँ हाेइन् । दशगजा सीमा क्षेत्रका स्थानीय नेपालीहरूले सधै यस्तै तनाबकाे सामाना व्यहाेरिरनु परिरहेकाे छ । यस बारेमा दुबै देशका राष्ट प्रमुख संवेदनशील नभइदिनाले पनि यस्ता घटना दाेहाेरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij