२०८३ साउन ९ शनिबार

आगलागीबाट पन्ध्र लाखको क्षति

ई आर्थिक    मंगलबार, फाल्गुन २४ २०७३
4.7K
Shares
आगलागीबाट पन्ध्र लाखको क्षति

२४ फागुन, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– ९ सम्फर-याङमा आज बिहान दुई होटलमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

जुटपानी प्रहरी चौकीका अनुसार बिहान ८ बजे ठाकुर चेपाङका घरमा भाडा गरी होटल सञ्चालन गर्दै आउनुभएकी राधिका सारु मगरको होटलबाट सल्किएको आगोले सो होटल र सोही घरमा रहेको रामदेवी राईको होटलमा समेत आगो लागेको हो ।

आगलागीबाट होटल र घर पूरै क्षतिग्रस्त भएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विशालकुमार बानियाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट होटलमा रहेका नगद, खाद्यान्न, लत्ताकपडालगायत घरसहित जलेर नष्ट भएको छ ।

स्थानीयवासी र प्रहरीले दुई घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । होटलमा खाना बनाउने क्रममा सल्किएको आगोले ठूलो रुप लिँदा आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij