२०८३ साउन ९ शनिबार

तराई–मधेसको अवरोधप्रति बारको ध्यानार्कण

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
3.2K
Shares
तराई–मधेसको अवरोधप्रति बारको ध्यानार्कण

२३ फागुन, काठमाडौँ । नेपाल बार एसोसिएनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा सञ्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पु-याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका सचिव इन्द्रबहादुर अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानव अधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्मविपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij