२०८३ साउन ९ शनिबार

दश अर्ब डलर ऋण स्वीकृत, वित्तीय क्षेत्र सुधार तथा जोखिम घटाउन उपयोग गरिने

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७३
4.6K
Shares
दश अर्ब डलर ऋण स्वीकृत, वित्तीय क्षेत्र सुधार तथा जोखिम घटाउन उपयोग गरिने

काठमाडौँ, २० फागुन । विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैंकले आज स्वीकृति जनाएको हो ।
‘तेस्रो वित्तीय क्षेत्र स्थायित्व कर्जा’ शीर्षकमा नेपाललाई प्रदान गरिने उक्त रकम वित्तीय क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनःसंरचना तथा वित्तीय क्षेत्र सुदृढीकरण, जोखिम व्यवस्थापन, बैंक तथा बिमा संस्थाको भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियमन र बैकिङ क्षेत्रको पारदर्शिता एवम् सुशासन प्रवद्र्धनका लागि स्वीकृत भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij