२०८३ साउन ९ शनिबार

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७३
3.5K
Shares
सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने

२० फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको पाटनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । सगरमाथा फाइनान्सलाई प्राप्ति गर्ने विषयमा बिहीबार दुवै पक्षबीच सम्झौता भएको छ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तिबाट करिब १ अर्ब ५० करोड रुपियाँ पुँजी प्राप्त गर्ने छ भने नपुग पुँजी हकप्रद शेयर जारी गरेर तथा चालू आवको मुनाफाबाट पुर्याउने लक्ष्य लिएको जनाएको छ।

mou2

सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आ.व.को मुनाफा समेतबाट रु. ७८ करोड पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा रु. ५.६१ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ ।

हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij