२०८३ साउन ९ शनिबार

मेडिकल कलेजका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७३
5.4K
Shares
मेडिकल कलेजका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

२० फागुन, रत्ननगर (चितवन) । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका–३ चितवन बस्ने २४ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नंको गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा न्यौपाने सकुशल हुनुहुन्थ्यो । खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij