२०८३ साउन ९ शनिबार

विद्यालयले सञ्चालन गरेको महोत्सवले जुटायो ७५ लाखभन्दा बढी रकम

ई आर्थिक    मंगलबार, फाल्गुन १७ २०७३
5.9K
Shares
विद्यालयले सञ्चालन गरेको महोत्सवले जुटायो ७५ लाखभन्दा बढी रकम

१७ फागुन, गुल्मी । गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ ।

जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थानान्तरण गर्ने, विशेष गरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयको रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले फागुन १४ देखि १६ गते सोमबारसम्म स्वर्ण महोत्सव सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij