२०८३ साउन ९ शनिबार

तेत्तीस लाखको चिज बिक्री

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७३
3.2K
Shares
तेत्तीस लाखको चिज बिक्री

१३ फागुन, बाबियाचौर(म्याग्दी) । घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा रु ३३ लाखको चिज बिक्री गरेको छ ।

हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघ महिनासम्म चार हजार ४०० किलो चिज बिक्री गरेको हो । प्रतिकिलो रु ७५० का दरले चिज बिक्री गरेको सो संस्थाका अध्यक्ष नारायण बरुवालले जानकारी दिनुभयो ।

सो अवधिमा उद्योगमा दूध बिक्री गर्ने कृषकले रु ३० लाख भुक्तानी पाएका छन् । विसं २०७१ वैशाखदेखि सञ्चालित उक्त उद्योगले स्थानीय कृषकले उत्पादन गर्ने दूध खपत गर्दै आएको छ । हाल ४५ कृषकले दैनिक एक सय लिटर दूध उद्योगलाई बिक्री गर्दैआएका छन् ।

कृषकबाट गुणस्तर अनुसार प्रतिलिटर रु ५० देखि रु ५५ का दरले दूध खरिद गरिन्छ । दूध बेचेर एकजना कृषकले मासिक रु पाँच हजारदेखि रु २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । सो उद्योगले मासिक ३० किलो घ्यू समेत उत्पादन गर्दै आएको छ ।

सो उद्योगमा उत्पादित चिज पर्यटकीयस्थल घोडेपानी, तातोपानी, कास्कीको टाडापानी, पोखरा र मुस्ताङको जोमसोममा खपत हुने गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेकाले उत्पादित चिज नष्ट गर्नुपर्दा निराश भएका कृषक यस वर्ष माग बढेपछि उत्साहित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij