२०८३ साउन ९ शनिबार

२० जना डीआईजीकाे सरुवा, काे कहाँ पुगे?

ई आर्थिक    बुधबार, फाल्गुन ११ २०७३
4K
Shares
२० जना डीआईजीकाे सरुवा, काे कहाँ पुगे?

११ फागुन, काठमाडौं । नेपाल प्रहरीका २० जना डीआईजी (प्रहरी नायव महानिरीक्षक)को सरुवा भएको छ। गृह मन्त्रालयले फागुन ९ गते गृहमन्त्रीस्तरीय निर्णयबाट उहाँहरुको सरुवा गरेको हो ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेलगत्तै डीआईजीको सरुवा सार्वजनिक गरिएको हो। यो सरुवा नियमित प्रक्रिया अनुसार आसन्न निर्वाचनलाई लक्षित गरी गरिएको मन्त्रालयले जनाएको छ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रमेशकुमार भट्टराई, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा गणेश केसी, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा मधुप्रसाद पुडासैनी, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा विजयलाल कायस्थ र सुदूरपश्चिममा रोमेन्द्रसिंह देउजा सरुवा हुनुभएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्याल प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, विशेष ब्युरो प्रमुख बमबहादुर भण्डारी महानगरीय प्रहरी कार्यालय रानीपोखरी, पशुपति उपाध्याय प्रधान कार्यालय कार्य विभाग, देवेन्द्र सुवेदी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुनुभएको छ।

त्यस्तैं, माधवप्रसाद जोशी प्रधान कार्यालय प्रवन्ध, केशरीराज घिमिरे मानव स्रोत विभाग, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मिङमार लामा महानगरीय ट्राफिक प्रहरी महाशाखा, पंकज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, माधवप्रसाद नेपाल प्रधान कार्यालय तालिम निर्देशनालय सरुवा हुनुभएको छ।

डीआईजी हेमन्तबहादुर पाल विशेष ब्युरो, गोविन्दप्रसाद निरौला अन्वेषण योजना निर्देशनालय, विजयकुमार भट्ट महिला तथा वालवालिका निर्देशनालय, सुदीप आचार्य राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबार र केदारमानसिंह भण्डारी अपराध अनुसन्धान विद्यालयमा सरुवा हुनुभएको छ।

प्रहरी प्रधान कार्यालयले निर्वाचनलाई लक्षित गरी सिपाहीदेखि डिएस्पीहरुसम्मको सरुवाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। केही हप्तापछि निर्वाचन आचारसंहिता लाग्ने भएकाले प्रधान कार्यालयले बढुवा तथा सरुवा प्रक्रियालाई एकैसाथ अगाडि बढाइएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij