२०८३ साउन ९ शनिबार

उदयपुरमा संवेदनशील स्थानबाट ढुङ्गा निकासी

ई आर्थिक    मंगलबार, फाल्गुन १० २०७३
3.9K
Shares
उदयपुरमा संवेदनशील स्थानबाट ढुङ्गा निकासी

१० फागुन, गाईघाट(उदयपुर) । त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् ।

शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो । सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ ।

विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij