२०८३ साउन ९ शनिबार

विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका

ई आर्थिक    सोमबार, फाल्गुन ९ २०७३
3.4K
Shares
विद्यालय छोडेर गिट्टी कुट्दै बालबालिका

९ फागुन, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् ।

स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् ।

छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए ।

पातुखोलामा आठ वर्षदेखि १५÷१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने हुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् ।

विद्यालय जाने चाहना हँुदा हुँदै पनि गरिबीका कारण मजदुरी गर्नु परेको बालबालिकाहरुको भनाइ छ । “मलाई स्कुल जाने रहर छ तर मेरो आमा बुबा यहाँ हुनुहुन्न म मामाघरको हजुरआमासँग बस्छु बालक रिदम परियारले भने ।

पारिवारिक अवस्था र आमा बुबाको लापर्बाही र जनचेतनाको अभावले हातमा कापी कलम लिएर विद्यालय जाने उमेरमा ढुङ्गा गिट्टी कुटेर बस्नुपर्ने परिस्थिति आएको महिला स्वास्थ्य स्वयम्सेविका यमुना परियारले बताउनुभयो ।

शिक्षामा पहुँच पु¥याउनका लागि श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरेका बालबालिका धेरै छन् तर तुलसीपुरका बालबालिका भन्दा अन्य जिल्लाबाट आएका बढी भएकाले तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्र्न चुनौतीको विषय भएको नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताउनुभयो ।

तुलसीपुर बजार राप्ती अञ्चलकै व्यापारिक केन्द्र भएकाले यो क्षेत्र बालबालिका र अभिभावकको रोजगार थलो बनेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij