८ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रमा स्थानीय बासिन्दाले प्रहरी चौकीमा तोडफोड गरेका छन् ।
उनीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन लुटिएको छ । हतियारको खोजी भैरहेको प्रहरीले बताएको छ ।
शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।
झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार असुरैना ७ का कतारु नामक व्यक्ति समेत घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।