२०८३ भाद्र २६ शुक्रबार

स्ववियु निर्वाचन पाँच दिन पर सर्यो, फागुन १४ को सट्टा फागुन १९ मा

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
8.5K
Shares
स्ववियु निर्वाचन पाँच दिन पर सर्यो, फागुन १४ को सट्टा फागुन १९ मा

५ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सर्ने भएको छ । प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन अब फागुन १९ गतेलाई सार्ने सहमति भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) निर्वाचनमा आउने भएपछि निर्वाचनको मिति सार्ने सहमति भएको उहाले बताउनुभयो ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।

आज बिहान भएको यो सहमति आजै त्रिभुवन विश्वविद्यालयलाई जानकारी गराउने तयारीमा विद्यार्थी संगठनहरू छन्। निर्वाचन मिति त्रिविले नै घोषणा गर्ने भएकाले त्रिविले नेतृत्व सहमत भएपछि मात्रै निर्वाचनको मिति सर्ने/नसर्ने निश्चित हुने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij