२०८३ साउन ११ सोमबार

पशुपतिमा महाशिवरात्रिको भव्य तयारी, १३ लाख भक्तजनका लागी उच्च व्यवस्थापन गरिँदै

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
3.3K
Shares
पशुपतिमा महाशिवरात्रिको भव्य तयारी, १३ लाख भक्तजनका लागी उच्च व्यवस्थापन गरिँदै

५ फागुन, काठमाडौँ । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ ।

फागुन १३ गते शुक्रबारका दिन परेको महाशिवरात्रि पर्वकालागी पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो ।

महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । “यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए”– उहाँले भन्नुयभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij