२०८३ साउन १२ मंगलबार

क्रान्तिकारीद्वारा सभापतिको उम्मेदवार सार्वजनिक, काे-काे छन् नाम सहित

ई आर्थिक    बुधबार, फाल्गुन ४ २०७३
10.1K
Shares
क्रान्तिकारीद्वारा सभापतिको उम्मेदवार सार्वजनिक, काे-काे छन् नाम सहित

काठमाडौँ, ३ फागुन । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि १०१ जना स्ववियु सभापतिको उम्मेद्वार सार्वजनिक गरेको छ ।

क्रान्तिकारीले आज पत्रकार सम्मेलनको आयोजना गरेर त्रिभुवन विश्वविद्यालय र त्यस मातहतका आङ्गिक क्याम्पसका उम्मेदवार सार्वजनिक गरेको हो । अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले २८ वर्षे उमेरहदसहित मिश्रित निर्वाचन प्रणालीको आधारमा हुने स्ववियुको निर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तिलकप्रसाद उपाध्याय, त्रि–चन्द्र क्याम्पस घण्टाघरमा केशव रावल, महेन्द्ररत्न क्याम्पस ताहाचलमा दिपेन्द्र कार्की, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस जिसस न्यौपाने, पाटन संयुक्त क्याम्पस ललितपुर एमानसिंह राना, नेपाल कमर्स क्याम्पस मीनभवन राजेश मैनाली, पृथ्वीनारायण क्याम्पस कास्की प्रविना अधिकारी, सानोठिमी शिक्षा क्याम्पस भक्तपुर रमेश खड्का, पब्लिकयुथ क्याम्पस धोबिचौर बाबुराम नेपाली, सरस्वती क्याम्पस लैनचौर सन्तोष रानाभाट, पशुपति क्याम्पस चावहिल मदन संयोक लिम्बु, कोटेश्वर क्याम्पस काठमाडौँ नवराज कार्कीलाई क्रान्तिकारीले सभापतिको उम्मेदवार घोषणा गरेको छ ।

यस्तै बानेश्वर क्याम्पस काठमाडौँ नवीन शाही, दमक ब क्याम्पस झापा कुलबहादुर बस्नेत, पद्मकन्या क्याम्पस बागबजार दन्ता नेपाली, शङ्करदेव क्याम्पस पुतलीसडक कपिल सिजापति, काठमाडौँ शिक्षा क्याम्पस गङ्गा दाहाल, कैलाशकुट क्याम्पस काठमाडौँ पदमबहादुर तामाङ, महालक्ष्मी क्याम्पस ललितपुर सरोज महर्जन, भक्तपुर बहुमुखी क्याम्पस सञ्जय थिमि, नेशनल ई. कलेज ताल्छीखेल गोपाल अर्याललाई सभापतिको उम्मेदवार बनाएको छ ।

पहिलो चरणमा १०१ जना उम्मेदावर सार्वजनिक गरेको क्रान्तिकारीले केही दिनभित्रै अन्य क्याम्पसको समेत सभापतिको उम्मेदवार सार्वजनिक गरिने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij