२०८३ साउन ९ शनिबार

उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको आग्रह

ई आर्थिक    सोमबार, फाल्गुन २ २०७३
2.5K
Shares
उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई गभर्नरको आग्रह

१ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा गभर्नर नेपालले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सबैको हैसियत देखिएकाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न आग्रह गर्दै उहाँले योजनाबद्ध तवरले लगानी नगर्ने हो भने राजनीतिक परिवर्तनसमेत दिगो हुन नसक्ने धारणा राख्नुभयो । उद्योग व्यवसायलाई अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले आज हामीले नगरे कसले गर्ने भन्ने मान्यताका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले लगानीमैत्री वातावरण निर्माण गरेर मुलुकको आर्थिक समृद्धिको योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई आजदेखि प्राप्ति गरेको छ । सो बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकको चुक्ता पूँजी रु सात अर्ब २४ करोड भएको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सो बैंकले हालसम्म सातवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर गरिसकेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकका ९४ वटा शाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij