२०८३ साउन ९ शनिबार

विप्लव माओवादीको आठौं महाधिवेशन आजबाट सुरु

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
5.6K
Shares
विप्लव माओवादीको आठौं महाधिवेशन आजबाट सुरु

१ फाल्गुन, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ । राजधानीको खुलामञ्चमा उदघाटनसत्र भएको हो । विप्लवले बन्दसत्र भने माओवादी जनयुद्ध शुरु भएको ठाउँ रोल्पाको थवाङमा गर्ने बताएको छ ।

उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो ।
उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्‍याली शहिदगेटमा एकीकृत भएको थियो । त्यहाँबाट पार्टी महासचिव नेत्र बिक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।

Biplob1

उदघाटन सत्र सकिएपछि नेताहरु रोल्पा प्रस्थान गर्नेछन् । रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र हुनेछ । थवाङस्थित सामुदायिक भवनमा फागुन ४ गतेदेखि बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा देशभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ । जसमा विभिन्न मुलुक बाट समेत अथिती तथा शुभचिन्तकहरुको उपस्थिती हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij